असार २२, २०८२ आइतबार July 6, 2025

‘यसअघिको भन्दा नयाँ भेरियन्ट जटिल र घातक छ’ – डा. अनुप बाँस्तोला (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालमा देखिएको नयाँ भेरियन्ट कस्तो ?

नेपाल देखिएको नयाँ भेरियन्ट अघिल्लो भेरियन्टले ल्याएको हो । यसअघिको भन्दा नयाँ भेरियन्ट जटिल र घातक छ । महामारी निम्त्याउने कुनै पनि भाइरस भेरियन्टमा परिवर्तन हुँदै आउँछ । यो नयाँ भेरियन्टको कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । यसले घेरैलाई सङ्क्रमण बनाएको छ । साथै सङ्क्रमितमा लक्षण देखिने र सङ्क्रमित मानिसलाई मृत्युवरणको मुखमा लैजानेसम्मको देखिएको छ ।

यसको मतलब अघिल्लो भेरियन्टको तुलनामो यो बढी घातक छ ?

अघिल्लो भेरियन्टको तुलनामा यो बढी घातक छ । दोस्रो चरणको भेरियन्टको कोरोनाभाइरस सङ्क्रमण भएर वृद्धवृद्धा धेरै उपचारका लागि आउनुहुन्थ्यो । तर, अहिले धेरै युवा पुस्तामा यो नयाँ भेरियन्टबाट सङ्क्रमित भएको देखिएको छ । टेकु अस्तपतालमा सिकिस्त बिरामी राख्ने ठाउँ छैन । यो हिसाबले हेर्ने हो भने पहिलाको भेरियन्टभन्दा अहिलेको नयाँ भेरियन्ट बढी घातक छ ।

तर, भनिन्छ यो भाइरसले बन्द कोठामा बसेको एउटै सङ्क्रमितले सयौं जनासम्मलाई एकै मिनेटमा यो भाइरस सार्न सक्छ, के हो खासमा ?
सङ्क्रमित व्यक्तिसँग एउटै कोठामा बस्दा सङ्क्रमितले खोक्दा, हाच्छुयूँ गर्दा अर्को व्यक्तिमा सर्ने सम्भावना बढी हुन्छ । किनभने बन्द कोठामा भाइरस तीन घण्टासम्म बस्न सक्छ । एयर वान भएको कारण सङ्क्रमण धेरै हुने देखिएको छ । एउटै परिवारका सबै परिवार सङ्क्रमित हुनु भनेको त्यही नै हो ।

यो नयाँ भेरियन्टले कुन उमेर समूहका व्यक्तिलाई धेरै असर गर्छ ?

यसले सबै उमेर समूहका व्यक्तिलाई असर गर्छ । ६० वर्षभन्दा माथिका नागरिकदेखि तीन–चार महिनाका बच्चासम्म सबै जनालाई असर गर्ने गर्छ । तर, यो पटक युवा पुस्ता धेरै छन् । अरु उमेर समूहका पनि सङ्क्रमित भएका छन् । तर, श्वासप्रश्वासमा समस्या देखिएकामा धेरै युवा हुनुहुन्छ ।

अहिले धेरै ज्येष्ठ नागरिकहरुले कोरोनाविरुद्धको खोप लगाइसक्नुभएको छ । यस हिसाबले उहाँहरुमा यसको असर कम हुन्छ कि भन्ने विश्वास गर्न सकिन्छ ।

अहिले देखिएको सङ्क्रमितमध्ये कति प्रतिशतमाा यो नयाँ भेरियन्ट देखिन सक्ने सम्भावना छ ?

अहिले जति पनि सङ्क्रमण देखिएको छ त्यो नयाँ भेरियन्ट नै हो ।

नयाँ भाइसरका लागि हाल विकसित खोपले काम गर्छ कि गर्दैन ?

अहिलेसम्म खोप लगाएका मानिसहरु सुरक्षित नै देखिनुभएको छ  । सङ्क्रमित भएर उपचारका लागि अस्पताल आएपछि निको भएर घर फर्किनुभएको छ । पक्कै पनि खोपले केही न केही काम गरेको छ । कामै नगर्ने होइन । कुन हदसम्म कसरी काम गर्छ भन्ने कुरा अध्ययनले भन्छ । अहिलेसम्म खोप लगाएका व्यक्ति सिकिस्त भएर आउनुभएको छैन । हामी स्वास्थ्यकर्मीलाई हेर्नु सङ्क्रामक भएर नजिकबाट बिरामीलाई जाँच गरिरहेका छौ । यस हिसाबले हेर्दा खोप प्रभावकारी नै छ ।

यसबाट बच्न थप सावधानी के अपनाउन सकिन्छ ?

अहिले विवाहको महिना भएकाले धेरै भोजभतेर हुने गर्छ । यसबाट कोरोना फैलिरेहको भन्ने समाचार पनि अाइरहेका छन् । यसरी कुनै सङ्क्रमित भोजभतेरमा गएको खण्डमा उसले धेरैलाई नयाँ भेरियन्ट सार्न सक्छ । त्यसैले मास्कको प्रयोग गर्ने, भिडभाड हुने ठाउँमा नजाने, आफ्नो बानीव्यहोरा परिवर्तन गर्ने, भोजभतेर बन्द गर्ने र अनावश्यक जमघट नगर्ने आदिमा ध्यान दिने । अर्को कुरा सरकारले जतिसक्दो चाँडो सम्पूर्ण व्यक्तिहरुमा खोप उपलब्ध गराउनुपर्छ । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार