श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सातै प्रदेशमा अस्थायी अस्पताल बनाउन काँग्रेस संसदीय दल कार्यसमितिको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शय्यासहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै संक्रमितको उपचारमा राज्यको सम्पूर्ण शक्ति र निकायलाई परिचालन गर्न माग गरेको छ ।

बैठकले मुलुकभरका अस्पतालमा आवश्यक मात्रामा शय्या, अक्सिजन, सघन उपचार कक्ष शय्या र भेन्टिलेटरको व्यवस्थापन गर्न तथा सबैलाई तत्काल कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

कांग्रेसले कोरोनाको उपचारमा नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा कोरोनाविरुद्धको खोप सहयोग गर्ने देश, अन्तरराष्ट्रिय संघसंस्था र सहयोगीलाई धन्यवाद दिँदै थप सहयोगका लागि आह्वान गरेको छ । साथै बैठकले कोरोना उपचार र नियन्त्रणको व्यवस्थापनमा स्थानीय तहले गरेको कामको सराहना गर्दै प्रदेश र संघीय सरकारलाई स्थानीय तहलाई थप अनुदानकोे व्यवस्था गर्न माग गरेको उनले बताए ।

बैठकले कोरोनाको उपचार र नियन्त्रण तथा व्यवस्थापनका क्रममा अग्रपङ्क्तिमा रहेर चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा धन्यवाद दिँदै उच्च मनोबल बढाउनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले कोरोना रोकथामका लागि लागु गरिएको निषेधाज्ञाका कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदूर, रोजगारी गुमाएका व्यक्ति र मारमा परेका व्यवसायीलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको प्रमुख सचेतक खाणले जानकारी दिए ।

बैठकले बिहिीबार हुने राष्ट्रियसभाको उपनिर्वाचनका पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वक्तव्य सार्वजनिक गर्दै मत मागेको भनी आपत्ति जनाउँदै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारवाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले बिहीबार सभापति शेरबहादुर देउवाका नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्नका लागि ध्यानाकर्षण गराउने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार