असार २४, २०८२ मंगलबार July 8, 2025

अंग्रेजी पठन-पाठनमा अब्बल बन्दै सामुदायिक शिक्षालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अंग्रेजी माध्यमबाट पठन–पाठन गर्ने सामुदायिक विद्यालय मुलुकभर अहिले पनि कमै छन् । तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ जालपास्थित ज्योति माविले भने निजी विद्यालयभन्दा अंग्रेजी पठनपाठनलाई अगाडि बढाएको छ ।

२०४४ मा स्थापना गरिएको बिद्यालयलाई नमुना बनाउने लक्ष्यका साथ २०६४ देखि अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरिएको हो । अंग्रेजी माध्यममा बालबच्चा पढाउन निजी स्कुलको खोजीमा गाउँबाट बाहिरिने अभिभावक र विद्यार्थीलाई गाउँमै रोक्न ज्योति माविमा अंग्रेजी माध्यम लागू गरिएको हो ।

ज्योति माविमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन सुरु गरेपछि हालसम्म जालपामा बोर्डिङ स्कुल खुलेका छैनन् । अंग्रेजी पढ्न–पढाउन अन्यत्र जाने विद्यार्थी र अभिभावक गाउँमै रोकिएका छन् ।

शैक्षिक नतिजामा पनि ज्योति माविको स्थान जिल्लामै अब्बल देखिएको छ । ज्योति माविले हालसम्म एसइई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको छ ।

२०७१ मा मावि तहको पठन–पाठनका लागि अनुमति पाएको विद्यालयले हालसम्म विद्यार्थी अनुत्तिर्ण भएको गुनासो सुन्नपरेको छैन । शिशुदेखि कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाउनु, असहाय, अनाथ र विपन्नलाई निःशुल्क पठन–पाठन व्यवस्था गर्नु र स्वयंसेवक शिक्षकको भरमा सञ्चालन हुनु ज्योति माविको चिनारी बनेको प्रअ मिलन राईले बताए ।

ज्योति माविमा हाल २६३ विद्यार्थी अध्ययनरत छन् । हरेक शिक्षणमा आवश्यक शैक्षिक सामग्रीको प्रयोग ज्योति माविको पहिलो सर्त हो । पठन–पाठनलाई प्रभावकारी बनाउन कक्षागत शिक्षक तथा शिक्षक, अभिभावक संघसमेत क्रियाशील छन् ।

कक्षागत शिक्षक, अभिभावक संघको बैठकमा शिक्षक र अभिभावकबीच कक्षाको पठन–पाठनलाई प्रभावकारी बनाउने उपाय एवं विधिका विषयमा छलफल गर्छन् र समस्याको हल गर्ने अभ्यास गर्दै आएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढीले प्रथम नगर दिवस अवसरमा २०७५ मा ज्योति माविलाई ५० हजार रुपैयाँ राशीको ‘वर्ष उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कार’ प्रदान गरेको थियो ।

अब्बल नतिजा, अतिरिक्त क्रियाकलाप, खेलकुद, साहित्य, गीत–संगीतलगायत सिकाइ ज्योति माविका सबल पक्ष हुन् । निजी स्कुलको विकल्पका रूपमा सञ्चालन गरिएको ज्योति माविले हाल बोर्डिङ स्कुलसरह अभिभावकको मन जित्न सफल भएको सोही वडाका वडाध्यक्ष विकास राई बताउँछन् ।

निजी शिक्षकको भरमा पठन–पाठन 

जिल्लामै नमुना कहलिएको ज्योति माविमा शिक्षक दरबन्दी संख्या भने न्यून छ । दरबन्दी अभावमा ९ जना निजी शिक्षकको भरमा ज्योति मावि टिकेको छ । ज्योति माविमा २ वटा प्रावि स्थायी, २ वटा प्रावि राहत, १ वटा प्रावि लियन र १ वटा मावि अनुदान (विज्ञान) को मात्र कोटा छ ।

बालविकास केन्द्रको एउटा दरबन्दी रहेको विद्यालयमा निजी स्रोतबाट प्रावि तहमा २ जना, निमाविमा ४ जना र माविमा ३ जना शिक्षक राखिएका छन् । निजी स्रोतमा राखिएका शिक्षक÷शिक्षिकाको तलब पनि न्यून छ ।

उनीहरूले जागिरभन्दा पनि गाउँको शैक्षिक भविष्यका लागि सेवाभावले विद्यालयमा काम गरिरहेको वडाध्यक्ष राईले सुनाए ।

निजी स्कुलको विकल्पका रूपमा स्थापित गरिएको ज्योति माविलाई आवश्यक दरबन्दी उपलब्ध गराउन भने स्थानीय सरकारको ध्यान नपुगेको अभिभावकको गुनासो छ । पालिका खबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार