असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रपति भण्डारीद्वारा शपथसम्बन्धी अध्यादेश जारी (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैः राष्ट्रपति विद्यादेवी भण्डारीले संकट व्यवस्थापनसहित शपथसम्बन्धी दुई अध्यादेश जारी गरेकी छिन् ।

बिहीबार  राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा कोभिड-१९ सङ्‍कट व्यवस्थापन–२०७८ शपथ सम्बन्धी– २०७८ अध्यादेशहरू जारी गरेकाे उल्लेख गरिएकाे छ ।

गत वैशाख ३१ मा लिएको शपथमा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरेका कारण प्रधानमन्त्री ओली विवादमा तानिएका थिए। सोहि शपथ विवादबारे सर्वोच्चमा मुद्दा परेको छ ।

सो मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपछि १५ दिनभित्र जवाफ दिन आदेश जारी गरेको सन्दर्भमा त्यही विषयलाई केन्द्रीत गरेर अध्यादेश ल्याइएको बुझिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया