असार २४, २०८२ मंगलबार July 8, 2025

मध्यपश्चिमाञ्चल विश्वविद्यालय अब मध्यपश्चिम विश्वविद्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरोकार पक्षलाई थाहै नदिई झन्डै एक वर्षअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको सार्वजनिक भएको छ । शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ ले मध्यपश्चिमाञ्चल विश्वविद्यालयसम्बन्धी ऐन ,२०६७ लाई संशोधन गर्दै ‘मध्यपश्चिम विश्वविद्यालय’का रुपमा रूपान्तरण गरेको हो ।

विसं २०७७ असार २२ गते नेपाल राजपत्रमा प्रकाशित शिक्षासम्बन्धी उक्त ऐनको दफा ११ को उपदफा ९ मा लेखिएको छ, “ठाउँ–ठाउँमा र प्रचलित कानुनमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय भन्ने शब्दको सट्टा ‘मध्यपश्चिम विश्वविद्यालय’ भन्ने शब्दहरू राखिनेछ ।”
विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले सरोकार पक्षलाई थाहै नदिई गुपचुपमा स्वायत्त संस्थाको नाम परिवर्तन गरिनु आपत्तिजनक रहेको प्रतिक्रिया दिनुभयो । “विश्वविद्यालय ऐन र नाम परिवर्तनको प्रक्रिया छ तर  कुनै पनि पदाधिकारीले थाहै नपाउने गरी नाम परिवर्तन गरिएछ”, उहाँले भन्नुभयो, “नाम संशोधन गर्नुपरे कम्तीमा सरोकारवालासँग छलफल गरिनुपर्थ्यो ।”
उपकुलपति सिंहले नाम परिवर्तन गर्न आवश्यक भए कर्णाली, रारा वा अन्य कुनै नाम राख्न सकिने जनाउँदै यस्तो महत्त्वपूर्ण विषयमा हल्का रूपले निर्णय गर्दा संस्थाको व्ययभार अनावश्यक बढ्न पुगेको बताउनुभयो । नाम परिवर्तन हुँदा मौज्दात लेटर प्याड, प्रतीक चिह्न, झन्डा, उत्तर पुस्तिकालगायत जिन्सी सामान खेर जानेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार