काठमाडौंः नेकपा विप्लवका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशको समसामयिक रजनीतिक परिस्थितीलाई मध्यनजर गरेर यदि चुनावमै जाने हो भने पुँजीवाद, दलाल पुँजीवाद वा वैज्ञानिक समाजवाद भन्ने बिषयमा जनमतसंग्रहमा गैर व्यवस्थाकै फैशला गर्नुपर्ने बताएका छन् ।
बेपत्ता योद्धा दिवसको सन्दर्भमा एक प्रेस बिज्ञप्ति जारी गर्दै विप्लवले यस्तो धारणा सार्बजनिक गरेका छन् । उनले बिज्ञप्ति मार्फत राज्यद्वारा बेपत्ता योद्धाहरूलाई अन्तस्करणदेखि स्मरण गर्दै उच्च सम्मान व्यक्त गरेका छन् ।
बेपत्ता योद्धा दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले महान् बेपत्ता योद्धा एवम् सहिद परिवारहरूप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन् ।
यस्तै विप्लवले यो दलाल पुँजीवादी व्यवस्था र सरकारले बेपत्ता तथा सहिद योद्धाहरूको योगदान उपभोग गरेपनि उनीहरूको त्याग र बलिदानको कदर नगरेको बताएका छन् ।
वक्तव्यको पूर्ण पाठः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया