काठमाण्डाैंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब नागरिकलाई विकल्प खाेज्ने अवसर दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेकाे दाबीमा आधार नभएकाे भन्दै नेता थापाले विकल्प खाेज्ने अवसर दिनुपर्ने बताएका हुन् ।
अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै, ‘राष्ट्रपति महोदय, दुवै दाबीमा संविधानको धारा ७६ काे उपधारा (५)अनुसार ‘विश्वासको मत प्राप्त गर्ने’आधार छैन । दुवै जाली/किर्ते हुन् । दुवै खारेज गरी संविधानअनुसार चुनाव घोषणा होस् ।’भनेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया