श्रावण ६, २०८२ मंगलबार July 22, 2025

यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो ।- डा. भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेका मध्यावधि निर्वाचन नभई संविधान खारेजको प्रपञ्च भएको बताएका छन् ।

ट्वीट गर्दै डा. भट्टराईले प्रतिगामी शक्तिहरुको षड्यन्त्र-सेटिङमा गत पुस ५ गतेकै निरन्तर हर्कत भएको बताएका छन् ।

उनले ‘गत पुस ५ बाट जुन अलोकतान्त्रिक,असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म’ भन्दै संविधान खारेज गर्ने प्रपञ्च भएकाले प्रतिवादका लागि एकजुट हुन आव्हान गरेका छन् ।

ट्वीटमा लेखेका छन्, ‘भित्री–बाहिरी प्रतिगामी शक्तिहरूको षड्यन्त्र–सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक,असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म । यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो । एकजुट होऊॅ : प्रतिवाद गरौं ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया