श्रावण ६, २०८२ मंगलबार July 22, 2025

‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले’ – गगन थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेको बताएका छन्।

प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणापछि ट्विट गर्दै थापाले राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आग्रह गरेका छन्।

उनले लेखेका छन्,‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् । महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहि र त्यतिमै रोकिने वाला छैनन्ने तागण, नअलमलिउँ, खुट्टा नकमाऔँ, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया