श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एमाले स्थायी कमिटी बैठक चार बजे बालुवाटारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बोलाइएको हो ।

प्रतिनिधिसभा विघटन पछि पार्टीको रणनीति र माधव नेपाल पक्षले काँग्रेस नेतृत्वमा सरकार गठन गर्न चालेका कदम तथा राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार हराएको विषय बैठकमा छलफल गरिने जनाइएको छ ।

माधव नेपाल पक्षको भूमिका क्षम्य नरहेको भन्दै कारबाहीको सङ्केत गरेका अध्यक्ष ओलीले विपक्षी गठबन्धनसँग जोडिएको विषयलाई लिएर केही सदस्यहरूलाई कारबाही गर्ने तयारीमा रहेको बुझिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले हिजै मध्य राती प्रतिनिधिसभा विघटन गरी आगामी कार्तिक र मङ्सिरमा दुई चरणको निर्वाचन घोषणा गरी सकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया