असार २८, २०८२ शनिबार July 12, 2025

म्यानमारमा सुकीको पार्टी खारेज गर्ने निर्वाचन आयोगको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । त्यहाँको निर्वाचन आयोगले सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)लाई खारेज गर्ने तयारी गरेको हो ।

गएको वर्ष भएको चुनावमा जालसाजी गरेको आरोप लगाउँदै यो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ । सेनाद्वारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफूहरुले विचार गरिरहेको जानकारी दिनुभएको हो ।

गएको वर्षको नोभेम्बरमा भएको चुनावमा एनएलडीले ८३ सिट जितेको थियो । यसलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । सेनाले गएको फेब्रअरी १ मा नेत्रृ सुकीसहितका नेतालाई हिरासतमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको छ । यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ । रासस- एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया