असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोनाका कारण स्थगित परीक्षा साउन भित्र लिने त्रिभुवन विश्वविद्यालयको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले कोभिड १९ का कारण सञ्चालन गर्न नसकिएका बाँकी रहेका सम्पुर्ण परीक्षा साउन भित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

शुक्रबार विश्वविद्यालयका पदाधिकारी विच बसेको बैठकले अघिल्लो बर्ष देखि सञ्चालन गर्न नसकेका परीक्षा साउन सम्ममा सम्पन्न गर्ने गरी तयारी थाल्ने निर्णय गरेको हो ।

विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको अहिले सम्म अघिल्लो वर्षको परक्षिा सञ्चालन गर्न सकेको छैन । तर पहिलो वर्षको परीक्षा दिन नपाए पनि विद्यार्थीहरु अनलाइन मार्फत दोस्रो वर्षको पठनपाठनमा जोडिएका छन ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातक तहको वार्षिक परीक्षाका बाँकि परीक्षा साउन भित्र सम्पन्न गर्ने पदाधिकारी विच प्रारम्भिक छलफल भएको बताउनु भयो । परीक्षा कुन विधिबाट सञ्चालन गर्ने,कसरी सञ्चालन गर्ने भन्ने विषयमा अर्को बैठक आईतबार बसेर विस्तृत छलफल गरिने जोशीले जानकारी दिनुभयो ।

परीक्षा यसरीनै सञ्चालन गर्ने भन्ने कुनै निर्णय नभएको र आइटी लगायतका विज्ञसँग छलफल गरेर अनलाइन बाटै परीक्षा सञ्चालन गर्ने की अरु कुनै विधिबाट सञ्चालन गर्ने भन्ने कुरा शुक्रबार भित्र निर्णय गरी याही हप्ता सूचना जारी गरिने जानकारी नियन्त्रक जोशीले दिनुभयो ।

यस अघि वार्षिक परक्षिा प्रणलिमा अध्ययन गर्ने विद्यार्थीको संख्या धेरै भएको कारणले अनलाईन माध्यमबाट परीक्षा सञ्चालन गर्न असजिलो भएको विश्वविद्यालयले भन्दै आएको थियो । पुराना स्नातक तह प्रथम वर्षका विद्यार्थी भर्ना भएको १९ महिना भइसक्दा पनि परीक्षा सञ्चालन भएको छैन ।

त्यसै गरी सेमेस्टर प्रणलिमा विद्यार्थी संख्या कम भएका कारण अनलाइनबाट परीक्षा सञ्चालन गर्न सम्भव भएको र यो वर्ष पनि अवस्था यस्तै रहे त्यसैलाई निरन्तरता दिइने जनाइएको छ । अघिल्लो वर्ष धरै विद्यार्थी संख्या हुने सेमेष्टरका परीक्षा अनलाइन मध्यमबाट भएका थिए भने थोरै विद्यार्थी संख्या हुने सेमेष्टरका परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन भएका थिए । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया