काठमाण्डौः त्रिभुवन विश्वविद्यालयले जेठ २० सम्म स्नातक प्रथम वर्षको परीक्षा आवेदन दिने समय थप गरेको छ । कोभिड- १९ को दोस्रो लहरको प्रकोपका कारण लामाे समयदेखि प्रथम वर्षकाे परीक्षा हुन सकेकाे छैन ।
सरकारले साउनभित्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएसँगै त्रिविले परीक्षा आवेदन भर्न छुटाएका विद्यार्थीका लागि समय थप गरेको हो । त्रिविले आइतबार एक सूचना जारी गर्दै आगामी जेठ २० गतेसम्म फारम भर्न सक्ने जनाएको हो ।
प्रतिक्रिया