काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नागरिकता अध्यादेश राष्ट्रहितविपरीत रहेको भन्दै खारेज गर्न चेतावनी दिएका छन् ।
महासचिव विप्लवले सोमबार एक वक्तव्य जारी गरी नागरिकता जस्तो राष्ट्रिय महत्वको विषयमा निर्णय लिँदा जनमत बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ त्यसो गर्नुको सट्टा आफ्नो सत्ता संकट टार्न, आफ्नो कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका निम्ति यस्ता निर्णय लिइन्छ भने त्यसको मूल्य सिंगो मुलुकले चुकाउनुपर्ने हुन्छ ।’
चन्दले विज्ञप्तिमार्फत यस्ता राष्ट्रहितविपरीत निर्णय खारेज गर्नसमेत चेतावनी दिएका छन् । ‘हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोउन्, त्यस्ता निर्णय खारेज गरिउन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’
यस्तो छ विज्ञप्तीको पूर्णपाठः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया