श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कम्युनिष्ट आन्दोलनका गद्दारले हामीमाथि गर्ने कथित कारवाहीको अर्थ छैन’- झलनाथ खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता झलनाथ खनालले आफूहरु नयाँ पार्टी गठनको प्रक्रियामा रहेको बताउनुभएको छ ।

पूर्व अध्यक्ष समेत रहनुभएका खनालले अब नयाँ पार्टी गठन लगायतका विषयमा पर्याप्त छलफल गरेर अगाडि बढ्ने बताउनुभएको छ । यसअघि अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पनि नयाँ पार्टी गठनको तयारीमा रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनका ‘गद्धार’ रहेको भन्दै नेता खनालले आफूहरुमाथि गरेको कारवाहीको कुनै अर्थ नरहेको जिकिर गर्नुभएको छ ।

‘कम्युनिष्ट आन्दोलनका गद्दारले हामीमाथि गर्ने कथित कारवाहीको अर्थ छैन’, खनालको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया