असार २२, २०८२ आइतबार July 6, 2025

केपी ओलीले ज्ञानेन्द्रको लेभलको कू गरे : रमण कुमार श्रेष्ठ (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विपक्षी गठबन्धन आज अदालत जाँदैछन, अदालत गएर अब संसद् पूनःस्थापना हुन्छ भन्ने तपाईँमा विश्वास छ ?

अब यस्तो हेर्नुहोस,् यो विस्वास छ कि छैन भन्ने कुरा संविधान अनुसार भन्ने हो । संविधानले के भन्छ भने एक त संविधानको धारा ७६ को उपधारा ५ प्रयोग गर्ने वेलामा मिचेको छ । त्यो त आफ्नो ठाउँमा छँदैछ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार दाबी गरिसकेपछि त्यो दाबी ठिक की बेठीक भनेर दाबी गर्ने कि दुई वटैको दाबी खारेज गरेर फेरि राष्ट्रपतिज्युले अर्को गैरसंवैधानिक काम सुरु गर्नुभयो । अर्को कुरा आधा रातमा क्याविनेटको मिटिङ बसेर त्यसपछि त्यो क्याविनेटको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिदिनुभयो हेर्नुहोस् । यो अर्को गैरसंवैधानिक कार्य हो । त्यसको लागि उहाँलाई कुनै संवैधानिक कानुनी परामर्स गर्नुपरेन हेर्नुहोस् । ओलीजीले ल्याएका चिजहरुमा उहाँलाई संवैधानिक कानुनी परामर्स गर्नुपनि नपर्ने तर उहाँले नै कल गरेको संविधानको धारा ७६ को उपधारा ५ अनुसार को बनाउने कुरामा चाहीँ जुन दाबी गरेको छ । त्यसमा उहाँलाई कानुनी परामर्स गर्नुपर्ने । त्यसमा आधा रातमा ल्याएको कुराहरुको आधा रातमा नै निर्णय गर्नुपर्ने हेर्नुहोस् यो वास्तवमा राजा ज्ञानेन्द्रले जसरी आफ्नो हातमा शासन सत्ता लिनको लागि कु गरेका थिए । त्यो लेभलको कु हो ।

त्यसो भए २०६१ साल माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले गरेजस्तै अहिलेको संसद् विघटन पनि कून नै हो त ? के केपी शर्मा ओलीले पनि कू गरेको हो भन्ने यहाँको टिप्पणी हो ?

त्यस्तै कु त हो नि ।

कसरि कु हो ? संसद् विघटन त संविधानअनुसार भएको छ अरे नि ?

कसरी कू हो भने म तपाँईलाई भनौं, उहाँ संविधानको कुन धारा अन्तर्गतको प्रधानमन्त्री ७६ को ३ अन्तरगतको प्रधानमन्त्री संसद् विश्वास लिएपछिमात्रै उहाँ फुल प्रधानमन्त्री हुनुहुन्छ । संसद्को विश्वास लिन सक्दिन् भनेर पत्रकार सम्मेलन गर्ने । संसद्को विश्वास नै लिन नसक्ने मान्छेले संसद्लाई विघटन गर्नसक्छ त ? त्यो कु होईन ? त्यसैले राजाले सबै अधिकार जसरी आफुसंग लिएका थिए, त्यस्तै सबै अधिकार विद्या भण्डारीको आडमा खड्ग प्रसाद ओलीले लिराख्नुभएकमो छ । त्यसो भएको हुनाले यो त्यही लेभलको कु हो । अब यस्तो कु को विषयमा अदालतमा मुद्दा परिसकेपछि प्रतिनिधिसभा पूनःस्थापना हुँदैन भन्ने कुरा कल्पनानै गर्न सकिन्न । त्यति होईन अस्ति फागूनको ११ गते सर्वोच्चले जुन फैसला गरेको छ । त्यसमा लेखेको छ कि धारा ७६ को उपधारा १ उपधारा २, ३, ४ र ५ सबैको राम्रोसंग व्याख्या गरेको छ हेर्नुहोस् । त्यो फैसलाको विपरित चाहीँ अहिले संसद् विघटन गरेको स्थिति छ । त्यसले गर्दा अदालतको पनि अबहेलना भयो । अदालतको फैसला नमानेको स्थिती उहाँलाई त अबहेलनामा पनि कारवाही गर्नुपर्ने स्थिति छ । त्यसो भएको हुनाले के हो भने यो संवैधानिक कु नै हो यसको विरुद्ध अदालतमा मुद्दा परिसकेपछि यो प्रतिनिधिसभा पूनःस्थापना हुँदैन भन्ने कुरामा शतप्रतिशत मलाई विश्वास छैन । हुन्छ नै ।

रमणजी अहिलेको अवस्थामा प्रधानमन्त्रीले सबै विकल्पहरु पुरा गरेर संसद् विघटन गर्नुभएको छ नि त, तपार्इँले हेर्नुभएको छ ?

उहाँले विश्वासको मत लिनुपर्छ कि पर्दैन् ? उहाँ त संविधानको धारा ७६ को ३ को प्रधानमन्त्री होईन र ? विश्वासको मत लिन नसक्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नसक्छ त ?

उहाँले भन्नुभएको छ नि मसंग बहुमत पुर्याउने सांसद् नै छैनन् त्यसैले विघटनको प्रक्रिया अगाडि बढाएको हुँ भनेर ?

सुन्नुहोस न बहुमत सांसदको यदि उहाँलाई समर्थन थियो भने १४३ जनाको हस्तक्षर नै गएको हो नी राष्ट्रपति कार्यालयमा । त्यो के गएको भन्नुहोस त मुखले थुकैथुक जाल हान्ने भन्छ के त्यस्तो काम गरेर हुन्छ । जतिबेला पनि किर्ते काम गर्ने, अनि मैले संविधानानुसार गरेको छु भनेर भन्ने ? यदि उहाँसंग २५३ जना साँसद छ भने विश्वासको मत लिनसक्नुहुन्न उहाँले पत्रकार सम्मेलनमा के बोल्नु भएको थियो ? तपाँईँले आँफै प्रश्न गर्नुभएको थियो । के प्रश्न गर्नुभएको थियो भन्नुहोस् त तपाइँले ?

मैले त धेरै प्रश्न गरेको थिएँ उहाँलाई त ? मैले संसद् विघटन भयो भने यसको दोष कसले लिने ? अनि तपाईँ तोकिएकै समयमा प्रधानमन्त्रीमा दाबी गर्न जानुहुन्छ भनेको थिएँ ?

हो, उहाँले के भन्नुभएको थियो ? उहाँले बोलेको कुरालाई एकचोटी सम्झिुहोस त । मैले विश्वासको मत लिन नसकेपछि विश्वासको मत नसक्ने भएपछि मार्गप्रशस्त गरिदिएको हो भन्नुभएको थियो । यही हो मार्गप्रशस्त भनेको यो कु नभए के हो त ? यो संवैधानिक कु होईन त ? होईन, मान्छेले संसदलाई ढाट्ने पनि हद हुन्छ हेर्नुहास् । पाँच मिनेट अगाडि एउटा कुरा बोलेको छ, अनि पाँच मिनेटपछि म संग १५३ जना छन भनेर दाबी गर्न गएको छ । अब तपाई कुन चाही खड्क ओलिको कुरालाई विश्वास गर्ने । पत्रकार सम्मेलनमा बोलेको कुरालाई विश्वास गर्नुहुन्छ कि राष्ट्रपति भवनमा बोलेको कुरालाई विश्वास गर्ने । तपाईँ आफै भन्नुहोस न ।

पछिल्लो समय राष्ट्रपतिले प्रधानमन्त्रीले जे भनेपनि सही भनेर भनिरहनु भएको छ नि ?

त्यो राष्ट्रपतिको पदलाई उहाँले यस्तो बनाउनु भयो । त्यो शाखा अधिकृतको हैसियत पनि भएन हेर्नुहोस् । बास्तवमा उहाँ के पदमा रहनुपर्ने थियो त्यो भोलि नेपाली जनताले निर्णय गर्लान । उहाँलाई त महाअभियोग लगाउन जरुरी छ । तपाईले भन्नुहोला फेरि महाभियोग पास हुँदैन किन लगाउने भनेर? अमेरिकामा ट्रम्पको कार्यकाल सकिएपछि ट्रम्पलाई महाभियाग लगाईयो पास त भयो न नि । त्यो किन लगाएको भन्नुहोस त त्यो रेकर्ड गर्नको लागि हो ।रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार