श्रावण ५, २०८२ सोमबार July 21, 2025

महामारीको चुनाव खारेज गर्न २२ दलको माग (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा सहित साना २२ राजनीतिक दलले कोरोना महामारीले जनता आक्रान्त भैरहेको समयमा षड्यन्त्रपूर्वक संसदीय निर्वाचनको मिति घोषणा गरिएको बताएका छन् ।

जनताले अहिले चुनाव नचाहेको भन्दै २२ दलले त्यसलाई तत्काल खारेज गर्न माग समेत गरेका छन् । २२ दलीय मोर्चाका तर्फबाट सिपी गजुरेलले सोमवार जारी गर्नुभएको अपीलमा अहिलेको मुख्य प्राथमिकता जनताको जीवन रक्षा भएको उल्लेख गर्नुभएको छ ।

‘विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ विशेषज्ञहरुले आगामी मंसिर र पुसमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने र त्यो अहिलेको भन्दा पनि बढी क्षति पुर्‍याउने किसिमको हुने चेतावनी दिएकै समयमा कथित संसदीय निर्वाचनको मिति तोकिनुले यसपछाडि ठूलो षड्यन्त्र लुकेको छ भन्ने बुझ्न सकिन्छ । ’ अपीलमा भनिएको छ ।

उनीहरूले राष्ट्रपतिले गरेको निर्णय खारेज गर्न माग गरेका छन्। विदेशी शक्तिहरुले नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने गतिविधि गरिरहेको दावी गर्दै अपीलमा देशभक्त र प्रगतिशील शक्तिलाई एकजुट हुन आह्वान गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया