काठमाण्डौंः गोली प्रहारबाट गम्भीर घाइते भएका नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला संयोजक दीपक पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ । ५ दिन अधि उनीमाथि गोली प्रहार भएको थियो । अवस्था थप जटिल बनेपछि उनलाई सोमबार हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका पाण्डेको गएराति निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
पाण्डे र उनीसँगै एक भारतीय नागरिक मोहम्मद इर्साद खानलाई गत बुधबार राति तौलिहवा–जितपुर सडकखण्डमा मोटरसाइकलमा आएका व्यक्तिहरुले गोली प्रहार गरेका थिए ।
पाण्डेमाथि गोली चलाएको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–१ का ३९ वर्षीय ओमप्रकाश यादव र वडा नम्बर २ का ३३ वर्षीय साकिर अलीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया