श्रावण ५, २०८२ सोमबार July 21, 2025

कांग्रेस प्रवक्ता शर्मा कोरोना सङ्क्रमण मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त भएका छन् । सामाजिक सञ्जालमार्फत शर्माले आफू र परिवारका सदस्य निको भएको जानकारी दिएका छन् ।

शर्माले सामाजिक सञ्जालमा भनेका छन्ः ‘कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौँ हामी ! शारीरिक कमजोरी केही समय रहला तर अब सङ्क्रमणमुक्त बनेका छौँ ।

सबै मित्रको शुभेच्छा र चिकित्सकहरुको मार्ग निर्देशनप्रति हृदयले आभारी छौँ। कोरोनाबाट सजगतासाथ जोगिन सबैलाई अपिल गर्दै,सङ्क्रमितहरुलाई उच्च मनोबल राख्नुहुन आग्रह गर्दछौँ ।’

शर्मालाई गत वैशाख २० गते कोरोना सङ्क्रमण पुष्टि हुने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया