श्रावण ५, २०८२ सोमबार July 21, 2025

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकः सरकारबाट फिर्ता नहुने र केन्द्रको निर्देशन नमान्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सत्तारुढ नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधवार (आज) बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

यसअघि केन्द्रमा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । केन्द्रको निर्णयलाई चुनौती दिँदै एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय गरेसँगै माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम सरकारको सङ्कट टरेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य रहेकोमा एमालेका २५ सांसद छन् जसमा खनाल–नेपाल समूहका सदस्यकाे बहुमत छ । यस्तै नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) का दुई प्रदेश सभा सदस्य छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको भागबन्डाका आधारमा माओवादीका त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया