असार २४, २०८२ मंगलबार July 8, 2025

जेठ २२ गतेभित्र परीक्षा सम्पन्न गर्न सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयलाई यही जेठ २२ गतेसम्म परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ ।

शैक्षिकसत्र २०७७ को विद्यार्थी मूल्यांकन एवं नतिजा प्रकाशनसम्बन्धी सूचना जारी गरी नगरपालिकाले यस्तो निर्देशन दिएको हो ।

नगरपालिकाले कक्षा १ देखि कक्षा ७ र ९ को वार्षिक मूल्यांकन एवं नतिजा प्रकाशन गर्न तथा कक्षा ८ को नतिजा प्रकाशन गर्नका लागि विद्यार्थीको प्रयोगात्मक र सैद्धान्तिक अंक शिक्षा, युवा तथा खेलकूद शाखामा अनिवार्य रुपमा सो दिनसम्म बुझाउन निर्देशन दिएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए ।

वर्षको अन्तिम परीक्षा अनलाइन वा अफलाइन वा विद्यालयको अनुकूल वैकल्पिक विधिबाट सञ्चालन गर्न भनिएको छ। कोरोना भाइरसले निषेधाज्ञा भएका कारण नगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयले अनलाइन तथा वैकल्पिक विधिको प्रयोग गरी पठनपाठन सञ्चालन गर्दै आएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार