श्रावण ५, २०८२ सोमबार July 21, 2025

ओलीविरुद्ध एकताबद्ध संघर्ष अपरिहार्य – माधव-झलनाथ समुह (संयुक्त विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेको माधव-झलनाथ समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले हैकमवादी शैलीमा कारबाहीको डण्डा चलाएको आरोप लगाएका छन् ।

माधव-झलनाथ समुहका १५ जना स्थायी कमिटी सदस्यहरुले बुधबार संयुक्त विज्ञप्ती जारी गरी पछिल्लो पटक ११ नेतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने र १२ जनालाई स्पष्टीकरण सोध्ने निरंकुश तानाशाही निर्णय सार्वजनिक गरिएको भन्दै भत्र्सना गरेका छन् ।

एमालेमा नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पार्टी र संगठनलाई २ जेठ २०७५ को स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएको छ । अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेताहरुलाई जिम्मेवारीमुक्त गर्नुका साथै पार्टी सदस्य नै नभएकाहरुलाई जिम्मेवारी दिने जस्ता अवैध निर्णय गरेको भन्दै नेपाल समूहले समानान्तर कमिटीहरु बनाएको छ ।

पछिल्लो पटक एकताका लागि कार्यदल बनेको थियो । तर प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग मिलेमतो गरेर संसद विघटन गर्ने अलोकतान्त्रिक कार्य गरेको भन्दै नेपाल समूहका १५ नेताले संयुक्त वक्तव्यमा भनेका छन्, ‘प्रतिनिधिसभा विघटन गरिनु स्वेच्छाचारी र प्रतिगमनकारी कुकृत्य भएकाले यसको विरोधमा आवाज उठाउनु प्रत्येक लोकतान्त्रिक देशभक्त राजनीतिकर्मीको कर्तव्य हो ।’

प्रधानमन्त्री ओलीले राज्ययन्त्र, सत्ता र सरकारको चरम दुरुपयोग गरेको र उनको कामकारबाहीले कम्युनिस्ट आन्दोलन र लोकतन्त्र नै क्षतविक्षत् भएको नेपाल समूहको निष्कर्ष छ ।माधव-झलनाथ समूहका १५ नेताले वक्तव्यमा ओली समूहका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्न र दृढताका साथ अघि बढ्न एमाले नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।

यस्तो छ वक्तव्यको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया