श्रावण ५, २०८२ सोमबार July 21, 2025

नागरिकता अध्यादेश पुर्नविचार गर्न राप्रपाको माग (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश बारे पुर्नविचार गर्न सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्षत्रय पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले बुधबार संयुक्त वक्तव्य प्रकाशित गरी नागरिकता जस्तो अत्यन्त संवेदनशील विषयमा राष्ट्रिय सहमति बिना सत्ता स्वार्थका लागि सरकारले अध्यादेश जारी गरेको भन्दै राप्रपाको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

नागरिकता विधेयकलाई अध्यादेशको रुपमा जारी गर्नु सरकारको बदनीयतपूर्ण कार्य भएको राप्रपाको ठहर छ । अध्यादेश विधि, प्रक्रिया मिचेर तथा सत्ताको सौदाबाजीका निम्ति राष्ट्रिय हित विपरित प्रावधान राखेर जारी भएको भन्दै यस बारे पुर्नविचार सरकार सँग आग्रह गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया