काठमाण्डौंः प्रतिनिधि सभा विघटनको विरोधमा भक्तपुरका पाँच राजनीतिक दल आन्दोलित भएका छन् ।
सरकारले प्रतिनिधि सभाको विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकोमा विरोध जनाउँदै भक्तपुरका पाँच राजनीतिक दलले विरोध प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले) माधव नेपाल समुह लगायतका राजनीतिक दलहरुले आज भक्तपुरमा ३ मिनेट ध्वनि सम्प्रेषण गर्दै विरोध प्रदर्शन गरेका नेकपा(एमाले) माधव नेपाल समुहका भक्तपुर जिल्ला अध्यक्ष रजन केसीले जानकारी दिए ।
सरकारको प्रतिगमनकारी कदमको विरोधस्वरुप भक्तपुरस्थित पाँच तले मन्दिर परिसरमा ३ मिनेट घन्टा, सिट्ठी, थाल ठटाएर ध्वनी सम्प्रेषण गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया