श्रावण ५, २०८२ सोमबार July 21, 2025

स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न काँग्रेस संसदीय दलको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाली काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशले बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न माग गरेको छ।

संसदीय दलका नेता विरेन्द्रकुमार कनौडीयाले महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेहरुलाई कानुन बमोजिम कडा कारबाहीको माग गरेका हुन्।

महामारीले सिंगो देश नै आक्रान्त भइरहेका बेला बाँकेको भेरी अस्पतालमा संक्रमितकै उपचारमा खटिएका चिकित्सक नर्सहरुमाथि राजनीतिक पार्टीकै जिम्मेवार व्यक्तिबाट हातपात हुनु निर्लज्ज र निन्दनीय भएको नेता कनौडीयाले बताएका छन्।

‘अस्पतालभित्रै स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भई एकतला माथिको झयालबाट हाम फालेर ज्यान जोगाउनुपर्ने अवस्था आउनुलाई सामान्य रुपमा लिन सकिँदैन। तत्काल सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही गरीयोस्’ नेता कनौडीयाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्यकर्मीहरुको भरपर्दो सुरक्षाको प्रत्याभूति गर्न पनि नेता कनौडीयाले सरकारसँग माग गरेका छन्। साथै भेरी अस्पतालमा भएको आक्रमणबाट घाइते भएका चिकित्सक र नर्सहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उच्च मनोवलका साथ बिरामीको सेवामा लाग्न स्वास्थ्यकर्मीहरुलाई अपिल पनि गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया