असार २४, २०८२ मंगलबार July 8, 2025

आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना कहरका कारण परीक्षा रोकिएको लामो समय भइसक्दापनि अवस्था सामान्य नहुँदा कैलालीको घोडाघोडी नगरपालिकाले आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको छ ।

तत्कालीन अवस्थामा बढ्दो कोरोना संक्रमणका कारण भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्नसक्ने अवस्था नरहेका कारण पालिकाभरका विद्यालयमा चालू शैक्षिकसत्रको कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको हो ।

शिक्षा समिति संयोजकसमेत रहेका नगरप्रमुख ममताप्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले सबै सामुदायिक तथा संस्थागत विद्यालयले जेठ मसान्तभित्र एकसाथ आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत उमेशराज रेग्मीले जानकारी दिए ।

पाठ्यक्रमले तोकेअनुसार निरन्तर विद्यार्थीको मूल्याङ्कन आवधिक परीक्षा, त्रैमासिक, अर्धवार्षिक परीक्षामा विद्यार्थीले प्राप्त गरेको औसत अङ्कका आधारमा नतिजा तयार पार्ने र प्रकाशन व्यवस्थापन गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको रेग्मीले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार