असार २२, २०८२ आइतबार July 6, 2025

शोक प्रस्ताव पारित गरेर बागमती प्रदेश सभा बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  बागमती प्रदेशसभाको आइतबार बसेको आठौँ अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।

बजेट अधिवेशनको पहिलो बैठक प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो ।
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाईँले अधिवेशन आह्वान र मन्त्रीमण्डल पुनर्गठनबारे पठाउनुभएको पत्र पढेर सुनाउनुभएको थियो ।
बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले शुभकामना मन्तव्य दिने, आर्थिक वर्ष २०७७ को महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन तथा लेखा समितिले २०७८ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची भए पनि त्यसमा प्रवेश नै नगरी स्थगित भएको हो ।
प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया