असार २४, २०८२ मंगलबार July 8, 2025

कोभिड जनचेतनाका लागि शिक्षक खटाइने, संक्रमणका कारण मृत्यु भए परिवारलाई १० लाख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले गाउँपालिका भित्रका सम्पुर्ण शिक्षकहरुलाई जनचेतनाका लागि खटाउने भएको छ ।

गाउँपालिकामा कोभिड -१९ को उच्च जोखिम रहेको भन्दै भविष्यमा हुन सक्ने जोखिम न्यनिकरणका लागि शिक्षकहरुलाई जनचेतनामा खटाउने निर्णय गरेको हो ।

सोमबार बसेको गाउँपालिकाको बैठकले कोभिड -१९को नयाँ भेरियन्ट नेपालभरी लगायत चम्पादेवि गाउँपालिकामा १०९ जनामा कोभिड परिक्षण गर्दा ४२ जना नागरिकहरुलाई संक्रमण देखिएको र गाउँपालिका पनि उच्च जोखिममा रहेको भन्दै भविष्यमा हुन सक्ने जोखिम न्यनिकरणका लागि शिक्षकहरुलाई जनचेतनाका लागि खटाउने निर्णय गरेको हो ।

शिक्षक,जनप्रतिनिधि,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी सबै मिलेर आ आफ्नो वडामा परामर्श दिने, जनचेतना मुलक कार्य गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताउनु भयो । साथै गाउँपालिकाले खटाएको क्षेत्रमा काम गर्ने क्रममा कुनै पनि कर्मचारी,शिक्षक तथा जनप्रतिनिधिहरुको कार्यक्षेत्र भित्र कामको शिलशिलामा कोभिड -१९ संक्रमणको कारणले मृत्यु भएमा निजको परिवारलाई १० लाख आर्थिक सहायता गरिने अध्यक्ष केसीले खबर एजुकेशनलाई बताउनु भयो ।

त्यसैगरी गाउँपालिका भित्रका कोभिड १९ का बिरामिलाई थप उपचारका लागि आइसोलेसन र भेन्टिलेटरबाट उपचार गर्नु परेमा तिस हजार अर्थिक सहायता गर्ने निर्णय गरेको छ ।

गाउँपालिका क्षेत्र भित्रमा ४२ सार्वजनिक विद्यालय रहेका छन भने १६१ जना शिक्षक कार्यरत रहेका छन् । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार