असार २२, २०८२ आइतबार July 6, 2025

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ २१ गते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २१ गतेदेखि आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २१ गते अपराह्न ३ बजे बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम सँगसँगै सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक किचलोका कारण बजेट अधिवेशन ढिलो गरी शुरु हुन लागेको हो । सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक विवादकै बीच मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनअघि मात्र मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।

मन्त्रिपरिषद्को बैठकले डोटीमा केही दिनअघि भएको आगलागीको घटनामा घाइते  भएका आमा छोरीको उपचारका लागि रु दुई लाख दिने निर्णय समेत गरेको छ । यसैगरी बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोकेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार
धरती र जीवन दुवैमा शान्ति छाओस्: प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे
२०८२ असार २२, आइतबार