असार २४, २०८२ मंगलबार July 8, 2025

त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन्। बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरूले आ–आफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए।

कोरोना महामारीका कारण विश्वविद्यालयहरूको शैक्षिक गतिविधि खासै अघि बढाउन नसकेको उपकुलपतिहरूको भनाइ थियो। यसै विच त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले कोरोना महामारीका कारण स्नातक पहिलो वर्षका परीक्षा १९ महिनादेखि रोकिएको बताए।

उनले गत वर्ष कोरोना महामारीमै विश्वविद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेको भए पनि दूरदराजका विद्यार्थीको पहुँचमा अनलाइन शिक्षा पुग्न नसकेको बताए। उनले गत वर्ष अनलाइन कक्षा सञ्चालनकै क्रममा डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यललयले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न गत वर्षनै प्राज्ञिक परिषदले निर्णय गरेको जनाए। उनले त्यहीअनुसार अब डिन कार्यालयल र परीक्षा नियन्त्रण कार्यालय जानुपर्ने आग्रह गरेका छन्।

‘त्रिविको ७६ जिल्लामा उपस्थिति छ,’ उपकुलपति बाँस्कोटाले भने, ‘त्रिविको १२५ टिचिङ युनिट छ। सबैसँग हामीले दुई सातासम्म अबको शिक्षा कसरी लाने भनेर छलफल गरेका थियौं। ललितकला, हिन्दी संस्कृत र विराटनगरको नर्सिङको कक्षा अनलाइन सञ्चालन अझै हुन सकेको छैन। अन्यमा हामीले माइक्रोसफ्ट टिमबाट अनलाइन कक्षा सुरु गरेका छौं।’

१९ महिनादेखि रोकिएका स्नातक पहिलो वर्षका परीक्षाहरूको रुटिङ असार १५ बाट प्रकाशित गर्ने त्रिविको तयारी छ। साउन अन्त्यसम्म सबै परीक्षा सकिन्छ।’ उनले परीक्षाहरू डिन कार्यालयसँग सम्बन्धित भए उक्त कार्यलयले अनुकूल विधि प्रयोग गरी परीक्षा लिने र परीक्षा केन्द्रसँग सम्बन्धित भए अनुकूल वैकल्पिक विधि अपनाएर परीक्षा सञ्चालन गर्न निर्देशन गरिएको छ।  नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार