असार २२, २०८२ आइतबार July 6, 2025

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेश सभाको बजेट (आठौँ) अधिवेशन आज देखी शुरु भएको छ । बैठकमा प्रदेश सभा सदस्यहरूले बजेट अधिवेशनको सफलताको शुभकामना दिनुहुँदै कोरोना रोकथाम तथा नियन्त्रण, चालु आवको बजेट खर्चको अवस्था लगायत विषयमा धारणा राख्नुभएको थियो ।

बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल, नेकपा (एमाले) का अमर साउद, नेकपा (माओवादी केन्द्र) का सचेतक अक्कल रावल, राजपाका कृष्णबहादुर चौधरीले भाग लिनुभएको थियो ।
त्यसअघि  बैठकले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख स्वर्गीय मोहनराज मल्लको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । बैठकमा सभामुख अर्जुनबहादुर थापाले उहाँको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । प्रदेश सभाको अर्को बैठक  जेठ २३ गते आइतबार दिउसो ३ बजे बस्ने गरी स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसैबिच नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदेश सभा सदस्य पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा माग गर्नुभएको छ । प्रदेश सभाको बजेट अधिवेशनको प्रारम्भै उहाँले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले सरकार अल्पमतमा परेको बताउनुभयो । अव एमाले प्रतिपक्षमा बस्छ, आफूहरूलाई अलग्गै सिटको व्यवस्था गर्न आग्रह गर्दछु उहाँले भन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार