काठमाण्डौंः राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेलाई बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसदा तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । १७ जेठमा लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभा सदस्यमा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे विजयी भएका थिए ।
कांग्रेसबाट उम्मेदवार बनेका पाण्डेलाई माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चाले सघाएका थिए । पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै पाण्डेले संघीयतामा स्थानीय तह र प्रदेशले पाउने अधिकारका लागि आफूले दह्रो गरी आवाज उठाउने बताए ।
उनले देशको संघीयता, समावेशी र समानुपातिकताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझै पनि पाउन नसकेको भन्दै त्यसको निम्ति संसदमार्फत् बुलन्द आवाज उठाउने बताए । पाण्डेले नेपालको लोकतन्त्र र संविधान ओझेलमा देखिएको टिप्पणी पनि पनि गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया