असार २९, २०८२ आइतबार July 13, 2025

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वास गुमाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न विफल भएका छन्।

प्रदेशसभामा बिहीवार पेस भएको विश्वासको मतको प्रस्ताव बहुमत सदस्यले अस्वीकृत गरेपछि उनले विश्वास गुमाएका हुन् । प्रदेशसभामा भएको मतदानमा विश्वासको मतको पक्षमा उनले जम्मा २७ मात्र मत पाएका छन् । यो उनको पार्टी नेकपा एमालेका मात्रै सांसदको संख्या हो ।

६० सदस्यीय प्रदेशसभामा ५८ जना उपस्थित भएका थिए भने ५७ जनाले मात्र मतदान गरेका थिए। बहुमतको सरकार बनाउन ३१ मतको आवस्यक पर्छ ।

खनाल-नेपाल पक्षका सांसद इन्द्रलाल सापकोटाले विश्वासको पक्षमा मतदान गरेपनि मुख्यमन्त्रीले बिजयी हुन सकेनन्  । युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशसभा बैठकमै उपस्थित नभएकाले मतदान प्रक्रियामा पनि सहभागिता जनाएनन् ।

यसअघि मुख्यमन्त्री गुरुङलाई मतदान गर्ने बताउँदै आएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा भने तटस्थ बसे । विश्वासको मतको प्रस्तावको विपक्षमा ३० मत पर्‍यो । कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादीका २ सांसदले मत दिए ।

प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउ भन्दै प्रस्ताव पेश गरेका भए पनि पाउन भने सकेनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार