काठमाण्डौंः गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । नेकपा एमालेले बैठक स्थगित गर्न माग गरेपछि सभामुखले आजका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।
सभामुख नेत्रनाथ अधिकारीले बैठकको सुरुमा जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गरेको पत्र पढेर सुनाएका थिए । लगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेपछि बैठक स्थगित गरिएको हो ।
बैठकमा एक जना पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया