असार २२, २०८२ आइतबार July 6, 2025

वाग्मती प्रदेशसभा बैठकः प्रदेशसभा सदस्य वैद्यद्वारा आत्मालोचनासहित विवादास्पद अभिव्यक्ति फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिनुभएको छ ।

प्रदेश सभाको आजको बैठक शुरु भए लगत्तै सभामुखसँग समय मागेर उहाँले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचनासहित सो अभिव्यक्ति फिर्ता लिनुभएको हो ।

आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैं शुक्रबारको बैठकमा कांग्रेसका सदस्य  वैद्यले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता परे आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिनुभएको थियो । चौतर्फी विरोधपश्चात् शनिबारको बैठकमा उहाँले पार्टीको निर्देशनानुसार आत्मालोचना गर्नुभएको हो । उहाँकै पार्टी नेपाली कांग्रेसले पनि अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो ।

“मैले सभाको रोस्ट्रममा उभिएर प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्रीप्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेअनुसार आफ्नो भनाइ फिर्ता लिन्छु”, उहाँले भन्नुभयो । सदस्य वैद्यले आफूले बोलेको कुरा कूटनीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गर्दै शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी रहेको बताउनुभयो ।

आफूले नेपालको संविधान, गणतान्त्रिक व्यवस्था र संसदीय मर्यादालाई आत्मसात गरी अघि बढ्ने दृढता व्यक्त गर्नुहुँदै उहाँले आफूले उत्तेजनात्मक अवस्थामा प्रस्तुत भई उक्त अभिव्यक्ति दिएकोमा सबै नेपालीप्रति क्षमायाचना गर्दै फिर्ता लिन्छु भन्नुभयो ।

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले सदस्य वैद्यले हिजो व्यक्त गर्नुभएको अमर्यादित अभिव्यक्तिलाई आत्मालोचना गर्दै प्रदेशसभाको बैठकमा फिर्ता लिन निर्देशन दिइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार