काठमाण्डौंः सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि कार्यक्रम बहुमतले पारित भएको हो ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव पक्षका बहुमत प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रमको समर्थन गरेपछि सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाबाट पारित भएको घोषणा गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया