असार २४, २०८२ मंगलबार July 8, 2025

कार्यसम्पादनका आधारमा मात्रै अब सामुदायिक क्याम्पसलाई अनुदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले कार्यसम्पादनका आधारमा मात्रै अब सामुदायिक क्याम्पसलाई अनुदान दिने भएको छ । विश्वविद्यालय अनुदान आयोगमार्फत सामुदायिक क्याम्पसलाई वितरण हुने अनुदान क्याम्पसको कार्यसम्पादनमा आधारित बनाइने भएको हो ।

आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीले सामुदायिक क्याम्पसलाई दिने अनुदान अब क्याम्पसको कार्यसम्पादनका आधारमा मात्रै वितरण गर्ने नीति रहेको जानकारी दिनुभयो । क्याम्पसमा अध्ययनरत विद्यार्थी सङ्ख्या, क्याम्पसको वार्षिक प्रगति, वार्षिक नतिजामा क्याम्पसको समग्र उपलब्धिलगायतका आधारमा सामुदायिक क्याम्पसलाई अनुदान वितरण गरिने भएको हो ।

यसका साथै क्याम्पसले आफ्ना शिक्षकलाई एमफिल या विद्यावारिधि (पीएचडी)को अध्ययनमा कति धेरै प्रेरित गरेको छ भन्ने आधारमा समेत क्याम्पसको अनुदान निर्धारण हुने भएको छ । सामुदायिक क्याम्पसमा अध्यापनरत शिक्षक अझै पनि दस जोड दुई तहमा अध्यापन गराउने शिक्षकहरू नै हुने गरेको पाइएको भन्दै अध्यक्ष सुवेदीले शिक्षकको शैक्षिक स्तर वृद्धिका लागि यस खालको नीतिले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोगले पनि विभिन्न विश्वविद्यालय मातहतका क्याम्पसमा कार्यरत शिक्षकलाई एमफिल तथा पीएचडीको अध्ययनका लागि सहयोग गर्ने गरेको छ । साथै क्याम्पसले समयमा लेखापरीक्षणको काम सम्पन्न गरे-नगरेको भन्ने आधारमा समेत अब क्याम्पसको अनुदान आधारित हुने जानकारी दिनुभयो ।

आयोगले ४४३ वटा सामुदायिक क्याम्पसलाई विभिन्न शीर्षकमा अनुदान उपलब्ध गराउँदै आएको छ । आयोगले भौतिक पूर्वाधारका साथै अन्य सहयोग उपलब्ध दिने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार