काठमाडौंः नेपाल खुला विश्वविद्यालयले व्यावस्थापन तथा कानून संकाय अन्र्तगतका स्नातकोत्तर तथा स्नातक तहका विभिन्न विषयमा भर्ना आवेदन खुला गरेको छ । शैक्षिक सत्र २०७८ ०७९ का लागि भर्ना आवेदन खुला गरेको हो ।
विश्वविद्यालयलले सेमेस्टर अन्तर्गत २ वर्षे मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन(एमबिए), मास्टर अफ साइन्स इन डेभलपमेन्ट म्यानेजमेन्ट एण्ड गर्भनेन्स् (एमएसडिएमजि) मा आबेदन खुला गरेको छ । त्यसैगरी ३ वर्षे वर्षिक स्नातक अन्तर्गत एलएलबि र बिबिएसमा आवेदन खुला गरेको छ ।
इच्छुक आवेदकले साउन १५ गते सम्मा आवेदन दिन सकिने छ । साथै प्रवेश परक्षिा एमबिए र एमएसडिएमजिको साउन २३ गते शनिबार राखिएको छ भने एलएलबि र बिबिएसको साउन ३० गते रहेको जनाएको छ । -खबर एजुकेशन

प्रतिक्रिया