असार २२, २०८२ आइतबार July 6, 2025

निष्ठापूर्वक काम गरेमा समाज नमूना बन्छ : सभामुख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले इमान्दारी र निष्ठापूर्वक काम गर्ने इच्छाशक्ति भएमा समाजमा नमूना कार्य हुन सक्ने बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्य समितिद्वारा आयोजित ‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशालाको आज भर्चुअलरुपमा उद्घाटन गर्दै सभामुख सापकोटाले नमूना विद्यालय निर्माणार्थ सोच र दृष्टिकोण नमूना बनाएर अगाडि बढ्न आग्रह गरे ।

उनले अहिले मुलुकमा अहिले देखिएको कोरोना महामारी, राजनीतिक समस्या र बाढी पहिरोको संकटलाई सामना गरेर अघि बढ्नुपर्ने अवस्था आएको पनि बताए । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले सम्भ्रान्त र कमजोर वर्गले पढ्ने दुईखाले शिक्षा प्रणाली कायम रहेसम्म शिक्षामा समानता नआउने बताए ।

पूर्वशिक्षामन्त्री एवं नेकपा (एमाले) का नेता डा गङ्गालाल तुलाधरले शिक्षासम्बन्धी संवैधानिक र नीतिगत व्यवस्थाका लागि गरिएका प्रयासलाई सरकारले कार्यान्वयन गर्न नसकेको टिप्पणी गरे ।

नेपाली काँग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले पूर्वाधारले बनेको विद्यालय भन्दा सिकाइमा योगदान दिन सक्ने विद्यालय मात्र नमूना हुन सक्ने विचार व्यक्त गरे ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्ष शंकर अधिकारीले नेपाल ग्लोबल र डिजिटल युगमा परिवेश गरिसकेको तर नमूना विद्यालयका नाममा प्राज्ञिक अंक ल्याउने काम मात्र भएको टिप्पणी गरे ।  नेपाल सरकारले ४२२ सामुदायिक विद्यालयलाई नमूनामा रुपान्तरण गर्न अनुदान दिएको छ । –रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार