असार ३२, २०८२ बुधबार July 16, 2025

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (मुल्यसूची)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल तथा डिजेलरमटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो ।

अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।

गत जेठ २२ गते निगमले पेट्रोल, डिजेलरमटितेल तथा हवाई इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया