काठमाण्डौः नेपालमा अहिले हित ग्राहि खाता खोल्नेको संख्या ४० लाख हाराहारी पुग्न लागिसकेको छ । नयाँ लगानी कर्ताहरुको आकर्षण प्रथामिक शेयरमा रहेको छ ।
यसै विच जीवन विकास लघुवित्तलले आज असार ११ गतेबाट प्राथमिक साधारण शेयर सार्वजनिक गर्ने भएको छ ।
कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ आज असार ११ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।
आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०।५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ । लगानीकर्ताहरुले उक्त आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आर्थिक सन्देशबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया