असार २२, २०८२ आइतबार July 6, 2025

माधव र झलनाथजीले केपी ओलीको दाबीमा पनि हस्ताक्षर गर्नुभएको छ र ? : बरिष्ठ अधिवक्ता दाहाल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईँहरुले संविधानको धारा ७६ को उपधारा ५ खासगरी दललाई होईन स्वतन्त्र व्यक्तिलाई हो भनेर के को आधारमा व्याख्या गरिरहनुभएको छ ? भन्नुहोस् त ?

संविधानको अक्षरको आधारमा भनिएको हो । यो हाम्रो वास्तवमा युनिक व्यवस्था हो । मौलिक व्यवस्था के हो भने अन्यत्र जुन–जुन मुलुकमा संसदीय व्यवस्थाहरु छन् नि, नेपालमा संसदीय व्यवस्था भएतापनि नेपालको संसदीय व्यवस्था आफ्नै विशेषताको छ । २०७२ सालको संविधानले जुनखालको संसदीय व्यवस्थाको परिकल्पना ग¥यो, त्योअनुसार म तपाईँलाई के निवेदन गर्न चाहन्छु भने–धारा ७६ को उपधारा १ ले पूर्ण बहुमतको सरकारको परिकल्पना ग¥यो । धारा ७६ को उपधारा २ ले दुई वा दुईभन्दा बढि दलको सहमतिअनुसार सरकारको परिकल्पना ग¥यो । त्योअनुसार पनि भएन भने तेस्रो विकल्पमा के ग¥यो त भने धारा ७६ को उपधारा ३ ले सबैभन्दा ठुलो दल बहुमत नभएपनि ठुलो दलको अल्पमतको सरकार बन्न सक्छ । तर, त्यो अल्पमतको सरकारमा के भनियो त भन्दा दुई वा दुईभन्दा बढिमा पनि संविधानमा के व्यवस्था गरिएको छ, त्योअनुसार विश्वासको मत लिन सकिन्छ भनेर पुरा स्पस्ट व्यवस्था गरेको छ । त्योपनि सफल भएन भने ७६ को उपधारा २ अनुसारको सरकार बन्यो, कहिले बन्यो त भन्दा बैशाख ३० गते बन्यो । केपी ओली बन्नुभयो । तर, उहाँले के गर्नुभयो भने विश्वासको मत लिनुभएन, उहाँले आत्मसमर्पण गर्नुभयो ।

म विश्वासको मत लिन सक्दिन् भन्नुभयो । अनि धारा ७६ को उपधारा ५ को प्रक्रिया सुरू भयो । धारा ७६ को उपधारा ५ भनेको यो व्यवस्था भनेको कुुनै पनि मुलुकमा नभएको व्यवस्था हामीले स्वीकार गरेका छौँ । र, त्योअनुसार २०७२ सालको संविधानमा समावेश गरेको हो । दलहरु असफल भए भने प्रतिनिधिसभाको कुनैपनि सदस्य चाहे स्वतन्त्र होस चाहे दलबाट निर्वाचित होउन् । उसलाई दिएको अधिकार हो । र, त्यो प्रतिनिधिसभाको सदस्यले प्रतिनिधिसभाको पूर्ण बहुमत म कायम गर्न सक्छु । म विस्वासको मत लिनसक्छु भन्ने आधार प्रस्तुत गर्यो भने त्यस्तो सदस्यलाई राष्ट्रपतिले दायाँ÷बायाँ नगरिकन नियुक्ति गर्नुपर्छ भन्ने व्यवस्था गरेको हो । त्यसैले हामीले त्यो आधारबाट गरेको हो र ? संविधानको अक्षर यो चौँथो विकल्प हो । अहिले मुलुकले अभ्यास गरिरहेको भनेको चौँथो विकल्पमा जानुपर्ने थियो कि थिएन भन्ने हो । चौँथो विकल्पको लागि जुन रिट निवेदक शेरबहादुर देउवाले १४९ जनाको हस्ताक्षरसहित २०७८ जेठ ७ गते जुन प्रधानमन्त्री पदको लागि दाबी गर्नुभयो, त्यो संविधानको धारा ७६ को उपधारा ५ को अक्षर र भावनाको अनुकुल छ । त्यहीअनुसार हामीले संवैधानिक ईजलाससमक्ष हाम्रो मत प्रस्तुत गरेका हौँ ।

अहिले हाम्रो देशमा दलीय व्यवस्था छ, निर्दलीय सांसदले बहुमत पुर्याएर प्रधानमन्त्री बन्ने आधार चाहिएला नि त ?

निर्दलीयताको कुनै कल्पना नै नगर्नुहोस न । निर्दलीयता भनेको के हो भने दलको समर्थन नभईकन कुनैपनि प्रतिनिधिसभामा दलको चुनाव चिन्हबाट पनि निर्वाचित भएका हुन्छन् । स्वतन्त्र उम्मेदवार आउँछ कि आउँदैन, त्यसोभए स्वतन्त्र उम्मेदवार कहिले पनि प्रधानमन्त्री बन्न पाउदैनन् त ? त्यो हामीले कल्पना गरेका छैनाँै । त्यसैले गर्दा त्यो के हो त भन्दा दलहरु असफल भए भने कुनै यस्तोखालको प्रतिनिधिसभा सदस्य बनाउन सक्छ । जसले प्रतिनिधिसभाको बहुमतले म प्रधानमन्त्री बन्नसक्छु, र विश्वास लिनसक्छु भन्ने कुरामा उसले विश्वास लिन सक्यो भने त्यसको आधारमा हुने हो । त्यसैले गर्दा निर्दलीयता भन्ने कुरा त यो विपक्षीहरुले बखेडा गरेको हो । अनावश्यक तर्क गरेको हो । त्यसैले निर्दलीयताको कुरा कसरी आउँछ ? बहुलीय व्यवस्थामा ।

किन आउँदैन् ? हाम्रो देशमा बहुदलीय व्यवस्था छ, तर बहुदलीय व्यवस्थामा दलको सर्मथनबिना कोही पनि प्रधानमनत्री बन्न सक्छ हरिहरजी ?

संघीय लोकतन्त्रको वास्तवमा आधारभुत आवश्यकता के हो भने बहुदलीयता हो । बहुलवाद हो । कहाँ बहुलवादलाई असर पर्छ ? त्यसैले यो भनेको के हो भने प्रतिनिधिसभाको कुनै सदस्यले भन्ने शब्द परेको छ हेर्नुहोस् संविधानको धारा ७६ को ५ मा त्यसैले कुनै संसदीय दलको नेता नभएपनि हुन्छ । यहाँ त के भएको छ त भने शेरबहादुरजी काँग्रेसको संसदीय दलको नेता हुनुहुन्छ । तर, यदि शेरबहादुरजी काँग्रेसको संसदीय दलको नेता नभएको भएपनि यदि उहाँले बहुमत सांसदको समर्थन जुटाउन सक्नुहुन्थ्यो भने उहाँ नै हुनुहन्थ्यो । तर, यहाँ के भयो त भन्दा उहाँ त संसदीय दलको नेतापनि हुनुहुन्छ, उहाँ प्रतिनिधिसभाको सदस्यपनि हुनुहुन्छ । त्यो कारणले यहाँ जुन किसिमको तर्क गरिएको छ । त्यसको यहाँ कुनै सन्दर्भ जोडिँदैन् ।

प्रधानमन्त्रीले भनिरहनुभएको छ–यदि अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनायो भने पञ्चायत ब्यँुतिन्छ भनेर ? यसमा तपाईँको टिप्पणी के छ ?

प्रधानमन्त्रीले त भनिरहनुहुन्छ । जे पनि भनिरहनुहुन्छ, उहाँले के भन्नुहुन्न र ? विद्यादेवी भण्डारीले उहाँले भनेको जेपनि मानिहाल्नुहुन्छ । बडा गज्जबको कुरा के छ भने मैले के भनेको थिएँ भने बालुवाटावर र शितलनिवासमा यति टेलिसाथी हुन्छ । त्यहाँ तुरुन्त का तुरुन्तै थाहा हुन्छ । हिजो एउटा मेजर कुरा के उठाएको थिएँ भने २०७८ साल जेठ ७ गते बेलुका ५ बजेसम्म दाबी प्रस्तुत गर्ने मौका दिएको थियो । त्यो अनुसार शेरबहादुरजी जानुभयो, र केपी ओलीजी पनि जानुभयो । दुबैले दाबी प्रस्तुत गरे त्यसपछाडि प्रतिदाबी वा प्रतिउत्तर जिकिर जुन हामी अदालती भाषामा भन्छौँ नि । प्रस्तुत गर्ने त मौका दिएको त्यो सुचना दिएको थिएन, त्यसपछि कसरी थाहा भयो मध्यराति महन्थ ठाकुर र राजेन्द्र महतोले जसपाको तर्फबाट र उता केपी ओलीले एमालेको तर्फबाट उहाँहरुले प्रोटेस्ट लेटर दिनुभयो । उहाँले के गर्नुभयो भने यदि यहाँ शेरबहादुर देउवाले दिएको दावी यो-यो कारणले ठिक छैन भनेर उहाँलाई त्यो भन्ने अधिकार कसले दियो ? सुचना त दिएको थिएन त राष्ट्रपतिले उहाँले त तर्क जे पनि गर्नुहुन्छ । किनकी राष्ट्रपति उहाँको हातमा हुनुहुन्छ । उहाँले तुरुन्तका तुरुन्तै टेलिफोन गरिदिहाल्नु हुन्छ । उहाँले टेलिफोन गरिदिएपछि तुरुन्तका तुरुन्तै शेरबहादुरजीको दाबीमा तुरुन्तका तुरुन्तै कति जनाले हस्ताक्षर गरे भन्ने कुरा सार्वजनिक नगरिकन प्रधानमन्त्रीले कसरी थाहा पाउनुभयो ? थाहा पाउने आधार के ? राष्ट्रपतिजस्तो संस्थाले कसरी थाहा दियो ? यो बढो महत्वपूर्ण कुरा छ । बढो सिरियस् कुरा छ । त्यसैले यी कुरा वास्तवमा जनताले जान्न चाहानुपर्छ । तपाँई भन्नुहुन्छ नि बेलाबेलामा जनता जान्न चाहन्छन, हो यी कुरालाई खोतल्नुहोस् न कसरि भयो ? जनताले जान्न चाहनुपर्ने विषय हो कि होईन ? तपाईँनै भन्नुहोस् न ? दाबी प्रस्तुत गर्ने मौका दिईसकेपछि त्यो दाबीलाई खण्डन पनि अब पाईँन्छ भनेर सुचना दिएको थियो ।

तर, प्रधानमन्त्रीमा त शेरबहादुर देउवा र प्रधानमन्त्री ओली दुवै जनाको दाबी परेको थियो नि ?

अनि दोहोरो परेको भनेर राष्ट्रपतिजीले भन्ने ? दोहोरो हस्ताक्षर कहाँ परेको छ ? माधवकुमार नेपाल र झलनाथजीले केपी ओलीको दाबीमा पनि हस्ताक्षर गर्नुभएको छ र ? छैन ? त्यसैले गर्दा उहाँहरुको तर्क के हो त भन्दा शेरबहादुरजी १४९ जनाको हस्ताक्षर लिएर गईदिनुभयो । त्यो उहाँहरुले कल्पना पनि गर्नुभएको थिएन । यतापट्टी १३६ जनाको त अस्ताक्षर त गराएको छैन । उहाँ केपी ओली ले त्यही कारणले उहाँहरुले यो निर्विरोधका कुरा उठाईरहनु भएको छ । अर्को पाटो, यदि दलको सर्मथन चाहिन्छ भनेर भनेको भएपनि संविधानको धारा ७६ को उपधारा २ हुँदाहुँदै उपधारा ५ किन चाहियो त ? दलको समर्थन छ भने त धारा ७६ को उपधारा २ भने भईहाल्यो नि ।

धारा ७६ को उपधारा ५ किन चाहियो ? त्यही संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बन्न सकेन भने अन्तिम विकल्पमा राखेको होईन यो ? त्यहाँ दलको समर्थन नभएपनि हुन्छ है । त्यहाँ दलको सदस्यले बहुमत पु¥याउन सक्ने विश्वासको आधार प्रस्तुत गर्यो भने हुनसक्छ भन्ने यही कुराहरुको बारेमा वर्णन गरेको हो । अदालतले जे व्यख्या गर्यो, त्यही हामीले शिरोधार्य गर्ने हो । हामीले अदालतले गर्ने फैसलाको पक्षमा धेरै चर्चा गर्नुपनि हुँदैन् । हामीले गरेका तर्कहरु भनेको उहाँहरुका तर्कलाई मान्ने हो भने त संविधानको धारा ७६ को उपधारा २ मा त्यो कुरा लेखिएकै थियो त, धारा ७६ को उपधारा ५ किन चाहियो ? धारा ७६ को २ मा त दलको समर्थनमा सरकार बन्नुपर्छ भनिएको छैन र ?धारा ७६ को उपधारा २ अनुसार बन्नै सकेन भने धारा ७६ को उपधारा ३ अनुसार जाने, धारा ७६ को उपधारा ३ अनुसार जाने, धारा ७६ उपधारा ३ अनुसार भनिएको छ भने सबै भन्दा ठुलो दल सरकार भनेर भन्छ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार