असार २९, २०८२ आइतबार July 13, 2025

अदालतमा हिंसालाई दुरुत्साहन गरियो : प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई दुरुत्साहन गर्ने गरी बहस हुँदा पनि सर्वोच्च अदालततले रोक्न नसकेको बताएका छन् ।

जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी दिनमा अदालतमा हिंसालाई दुरुत्साहन गर्ने काम हुन नहुने जनाउँदै प्रश्न गरे, ‘विद्वान अधिवक्तालाई आफ्नो भनाइ सम्हालिएर राख्न न्यायमूर्तिले भन्न सक्नुहुन्थेन र ?’

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतमा जारी सुनुवाइमा एक अधिवक्ताले फ्रान्स र बेलायतका घटनाको उदाहरण दिँदै मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीको हत्या हुन सक्ने चेतावनी दिएका थिए ।

ओलीले विपक्षी गठबन्धनका नाममा नेपाली कांग्रेस पार्टी नेकपा (माओवादी केन्द्र) को प्रचण्डपथसँग टाँसिन पुगेको र एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मामुली कार्यकर्ता हुँदा नै रमाइरहेको व्यङ्ग्य गरे ।

प्रधानमन्त्री ओलीले महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोड्सेको खोजी गर्ने र नभेटिएमा आफै गोड्से बन्न तयार हुने भनेर कांग्रेसका नेताहरुले भन्न थाल्नु प्रचण्डपथकै प्रभाव भएको तर्क गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार