काठमाडौंः नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले गिरावट आएको छ ।
आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले सस्तिदै प्रतितोला १ हजार २ सय ९० रुपैयाँ कायम भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया