असार २९, २०८२ आइतबार July 13, 2025

अब सबैलाई खोप दिएर कोरोना रोकथाम गर्छौं : प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिने बताउनुभएको छ । जिल्ला जिल्लामा खोप अभियान नै चलाएर कोरोना रोकथाममा लाग्ने उहाँले बताउनुभएको हो ।

शनिबार त्रिशुली– ३ बीको प्रसारण लाइन र सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले चीनबाट निरन्तर खोप ल्याइने र क्रमशः सबै नागरिकलाई दिइने बताउनुभएको हो । उहाँले सुरुमा जोखिमयुक्त समूह लाई र त्यसपछि सबै नागरिकलाई खोप दिने बताउनुभयो ।

‘अब लगातार भ्याक्सिन आउँछ, खोपको क्याम्पेन नै सुरू हुन्छ,’ उहाँले भन्नुभयो, ‘हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौँ, अब अनुकूल स्थितिमा रहेका छौँ ।’

उहाँले एक दुई दिनमै या साता दिनमै खोप लगाउन सम्भव नहुने भएकाले यसको अभियान नै चलाएर अघि बढ्ने बताउनुभयो । साथै अब कोरोनाबाट बच्नका लागि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुनेजस्ता उपायहरु खोपमार्फत प्रतिस्थापित गराउने समेत उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार