काठमाडौंः राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७६-७७ प्रस्तुत भएको छ । सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलनाथ श्रेष्ठले सो प्रतिवेदन बैठकमा पेश गर्नुभयो ।
सोमबार दिउँसो बसेको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन पनि पेश गर्नुभयो । सभाको अर्को बैठक असार २३ गते बुधबार दिउँसो १ बजे बस्ने अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराउनुभयो ।
बैठकमा दुईवटा विधेयक सम्बन्धी प्रतिवेदन आज पेश भएनन् । कार्यसूचीमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश हुने कार्यसूची तय गरिएको थियो ।
प्रतिक्रिया