काठमण्डौंः प्रदेश २ को प्रदेशसभा बैठक लगातार दोस्रोपटक स्थगित भएको छ । आज बुधबार दिउँसो १ बजे बस्ने तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
सूचनामा भनिएको छ, ‘असार २३ गते दिनको १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक असार २५ गते दिनको १ बजे बस्नेछ ।’ बैठक स्थगित गरिएको सूचना सांसदहरुलाई एसएमएस पठाएर पनि जानकारी गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
असार १ मा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले प्रस्तुत गरेका थिए । सोही दिन सदनमै सभामुख सरोज यादवले अगामी बैठक असार १५ दिनको १ बजे बस्ने बताए । तर अन्तिम समयमा आएर बैठक स्थगित गरेर असार २३ मा बस्ने सूचना जारी गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया