जेठ ६, २०८१ आइतबार May 19, 2024

राप्रपा केन्द्रीय सदस्य गौतमको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राप्रपा सम्बद्ध उत्पडित उत्थान संगठनका केन्द्रीय  सदस्य जितमान गौतम (परियार)को निधन भएको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा गौतमले तत्कालीन राप्रपा नेपालको तर्फबाट गोर्खा क्षेत्र नम्बर २ बाट बाबुराम भट्टराईको प्रतिष्पर्धीको रुपमा उम्मेदवार भएर सम्मानजनक मत प्राप्त गरेका थिए ।

राजधानीको ग्रीनसिटी अस्पतालमा उपचारको क्रममा गौतमको निधन भएको हो । पूर्वमन्त्री एवं राप्रपा केन्द्रीय सचिबालय प्रमुख भास्कर भद्राले स्वर्गीय गौतमको पार्थिव शरिरमा पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै गौतमको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताउनुभयो ।

गोरखा स्थायी घर भएका स्व.जितमान गौतमको अन्त्येष्ठिमा सहभागि हुन उत्पिडित उत्थान संगठनका अध्यक्ष ऋषिबाबु परियार, सह अध्यक्ष सरला वि.क., उपाध्यक्षद्वय गंगा वि.क.तथा मिना स्वर्णकार, राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारी केन्द्रीय सदस्य आनन्दकुमार रिसाल लगायतका नेताहरु पशुपति आर्यघाट पुग्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया