काठमाडौंः आइसिएफसी फाइनान्स लिमिटेडले ७ वर्षे अवधिको १२ प्रतिशत ब्याजदर रहेको ऋणपत्रको अर्धवार्षिक ब्याज भुक्तानीका लागि बुक क्लोजको मिति तय गरेको छ ।
कम्पनीले आइसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को अर्ध वार्षिक ब्याज भुक्तानीका लागि साउन १ गते एक दिन बुक क्लोज गर्ने भएको हो ।
बुक क्लोजको आधारमा असार ३१ गते बिहीवारसम्म कायम ऋणपत्रधनीहरुले मात्र उक्त ब्याज पाउनेछन् । कम्पनीले प्रतिऋणपत्र रू. १ हजार अंकित मूल्यको २ लाख कित्ता ऋणपत्र २०७६ साल फागुनमा जारी गरेको हो ।
अर्धवार्षिक ब्याज वापतको रकम कम्पनीले ऋणपत्र धनीहरुको बैंक खातामार्फतनै उपलब्ध गराउने जानकारी दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । -अभियान दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया