जेठ ६, २०८१ आइतबार May 19, 2024

देउवाले विहिबार बोलाए पार्टी पदाधिकारी बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ दल नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औै महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

काँग्रेस क्रियाशील सदस्यताको  काम सक्ने भोलि बिहिबारको समय सीमा छ । तर क्रियाशील सदस्य छानबिन समितिले​ अझै काम सकेको छैन । पार्टीका शिर्षस्थ नेताहरुले क्रियासिल सदस्यता छानविन बारे कडा रुपमा बिरोध गर्दै आइरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया